काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा्)का सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन्।
आईतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हून् ।
उनले केही सांसदहरुले पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइनसकेको स्पष्ट पारे।
“यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन । मैले पनि मूल्य माग्नेगरी योगदान दिएको छैन । योगदान त अब दिने हो,” उनले भने ।
उनले पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरेको भएपनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताए । फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भएपनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा यो क्रान्ती सम्भव भएको उनको भनाइ छ ।














