सरकारले दलित समूदायका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरोस्ः रिमा विश्वकर्मा



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले दलीत समुदायको उत्थानको लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्न सरकारसँग माग गरेकी छिन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो माग गरेकी हून् ।

सांसद विश्वकर्माले दलित समूदायलाई न्याय दिने कुरामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्। उनले हिरासतमा आत्माहत्या गर्नेहरुको संख्या बढदै जाँदा पनि सरकार गम्भिर नभएको भन्दै आपत्ति समेत जनाइन् ।

सांसद विश्वकर्माले सरकारले दलित समूदायको हित प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याइन् ।

प्रकाशित मिति : बैशाख २९, २०८३ मंगलबार  २ : ३६ बजे