काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अराजक जमातहरुको गठजोडको संज्ञा दिएका छन् ।
मंगलबार दलीय हैसियतले प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले यस्तो बताएका हुन्
उनले रास्वपालाई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोडको संज्ञा दिँदै भने, ‘यो सफलता त दशकौँ देखि तत्कालीन सत्ताधारी दलका कमजोरीको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भूराजनीतिक दृश्य र अदृश्य प्रभावको परिणाम हो ।’
रास्वपाको सफलता देश र जनताको लागि दशकौँदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा एवं क्षमताबाट प्राप्त गरेको कदापि नभएको जिकिर गरे।
उनले थपे, ‘यो सफलता त दशकौँ देखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो।’
रास्वपाको राजनीतिक लक्ष्य आगामी स्थानीय, प्रदेश तथा राष्ट्रिय सभामा रास्वपाको एकल नेतृत्व स्थापित गर्नु भएको बताए। उनले भने, ‘यो लक्ष्य हासिल गरे पश्चात् नै रास्वपाको कथित निलो क्रान्तिले पूर्णता प्राप्त गर्न सक्दछ।’














