असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन गर्ने रास्वपाको निर्णय



 काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आज बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो।

आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन हुने घोषणा भएको नेता गणेश पराजुलीले जानकारी दिए । 

यसअघि पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव अघि सार्नुभएको थियो। तर, केन्द्रीय समितिको विस्तृत छलफल र आन्तरिक व्यवस्थापनलाई मध्यनजर गर्दै एक दिन पछि सारेर ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय भएको हो।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  १० : २५ बजे