हर्क साम्पाङले गरे संसद् बैठक बहिस्कार



काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका हर्क साम्पाङले संसद् बैठक बहिस्कार गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट स्वर्णिम वाग्ले प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेपछि उठेर राजीनामा मागेका थिए । तर, सभामुखले प्रमुख प्रतिपक्षीलाई बेल्न समय दिएसँगै उनी उठेर हिँडेका हुन् ।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  १ : ५६ बजे