प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारी नियुक्त



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधिसभाको सचिव पदमा प्रकाश अधिकारीलाई नियुक्त गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  ४ : ४४ बजे