एन्फामाथिको निलम्बन फुकुवा



काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाइएको निलम्बन अन्ततः फिर्ता लिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयको पहलपछि भएको उच्चस्तरीय छलफलले विवाद समाधानतर्फ बाटो खोलेसँगै निलम्बन निःशर्त फुकुवा गरिएको हो।

शुक्रबार खेलकुद मन्त्री सस्मित पोखरेलसँग एन्फा पदाधिकारीबीच भएको छलफलपछि राखेपले आफ्नो अघिल्लो निर्णय पुनरावलोकन गर्दै निलम्बन हटाउने निर्णय गरेको हो।

एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार संस्थालाई स्वतन्त्र रूपमा नियमित कामकाज गर्न दिने समझदारीसहित निलम्बन हटाइएको हो।

प्रकाशित मिति : जेष्ठ १, २०८३ शुक्रबार  ४ : ११ बजे