नेकपा एमालेको सचिवालय बैठक स्थगित, आगामी सोमबार बस्ने



काठमाडौं। काठमाडौं सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) को आजका लागि तय भएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ।

आज बस्ने भनिएको उक्त महत्वपूर्ण बैठक आगामी सोमबारका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।

कार्यालय सचिव डा. अधिकारीका अनुसार आइतबार परेको मदन-आश्रित स्मृति दिवसको विशेष तयारी गर्नुपर्ने भएकाले शनिबारको बैठक स्थगित गरी सोमबारका लागि सारिएको हो।

प्रकाशित मिति : जेष्ठ २, २०८३ शनिबार  ८ : ४१ बजे