ओडीआईमा १५० विकेट लिँदै सन्दीपले तोडे स्टार्कको रेकर्ड



काठमाडौँ । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआइ) क्रिकेटमा अभूतपूर्व विश्व कीर्तिमान कायम गरेका छन्।

सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिमा सबैभन्दा कम खेलमा १५० विकेट लिने नयाँ कीर्तिमान बनाएका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा दुई विकेट लिएसँगै सन्दीपले यो उपलब्धि हात पारेका हुन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०८३ सोमबार  १२ : २२ बजे