जेनजी आन्दोलनको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसद अर्जुननरसिंह केसीको माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको नरसंहार तथा विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको भए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक नगरिएको बताए ।

उनले उक्त प्रतिवेदन सार्वजनिक गरी सबै सांसदलाई उपलब्ध गराउन माग गरे ।

उनले भने, ‘गत २०८२ को भाद्र २३ र २४ गतेको नरसंहार विध्वंसको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाइसकिएको छ । तर उक्त दस्तावेज अझै औपचारिक रुपले सार्र्वजनिक भएको छैन । तसर्थः त्यसलाई सार्वजनिक गर्दै सम्पूर्ण मान्यज्यूहरुलाई उपलब्ध गराइयोस् ।’

प्रकाशित मिति : जेष्ठ ४, २०८३ सोमबार  १२ : ४२ बजे