नेपालको सानदार जित,स्कटल्याण्ड ६ विकेटले पराजित



काठमाडौं । घरेलु मैदानमा जारी त्रिदेशी श्रृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

दोस्रो जित निकाल्ने क्रममा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गर्यो ।

स्कटल्याण्डले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर सहज पूरा पर्यो । उसका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ७४ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, इशान पाण्डेले ५५, आसिफ शेखले २९ र कुशल भुर्तेलले २८ रन बनाए ।

स्कटल्याण्डका लागि मार्क वाटले तथा ब्रान्डन म्याकमुलेन एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको स्कल्याण्डले ३०.१ ओभरमा अल आउट हुँदै १ सय ९४ रन बनायो । उसका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ७३, माइकल इंग्लिशले ५१, जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन बनाए ।

नेपालका लागि बलिङमा ललित राजवंशीले चार, सन्दीप लामिछानेले तीन, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले एकरएक विकेट लिए ।

प्रकाशित मिति : जेष्ठ ४, २०८३ सोमबार  ३ : ५० बजे