काठमाडौं। सर्वोच्च अदालतभित्र विकसित पछिल्ला घटनाक्रमप्रति गम्भीर आपत्ति र असन्तुष्टि जनाउँदै कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
अदालतमा रिट निवेदन दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै त्यसको विरोधस्वरूप कानून व्यवसायीहरूले आज दिउँसै लालटिन बालेर प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतभित्र बेन्च बस्न नसकेको, न्यायको ढोका थुनिएको र विधिको शासन नै गम्भीर संकटमा परेकाले सत्य र न्यायको खोजीका लागि प्रतीकात्मक रूपमा दिउँसै लालटिन बाल्नुपर्ने बाध्यात्मक परिस्थिति आएको बारले जनाएको छ।














