काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सकिएको छ ।
मंगलबार संसदीय सुनुवाइ समितिमा उनको सुनुवाइ भएको हो।
सुनुवाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधान्यायाधीश शर्मालाई प्रश्नहरू सोधेका थिए ।
शर्माले प्रश्नहरूमाथि जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले पूरक प्रश्नका लागि सदस्यहरूलाई समय दिएका थिए । पूरक प्रश्न नभएपछि सुनुवाइ सकिएको जानकारी दिइएको छ ।














