काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने चेतावनी दिएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार एक परिपत्र जारी गर्दै आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गरिसक्न कडा निर्देशन दिएका हुन्।
दुलालले परिपत्रमा वडा सभापतिहरूलाई आफ्ना सदस्यहरूको विवरण जेठ २१ भित्र अद्यावधिक गर्न निर्देशन दिँदै यस कार्यको अनुगमन पालिका कार्यसमितिले गर्ने उल्लेख गरेका छन्। ‘क्रियाशील सदस्यता अद्यावधिकको कार्यमा असहयोग गरेमा विधान बमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिनेछ।’















