काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ।
नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन भएको हो।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था मन्त्रालयका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक/एक प्रतिनिधि सदस्य रहनेछन् ।
नापी विभागका निर्देशकलाई समिति सदस्यसचिवको जिम्मेवारी दिइएको मन्त्री रावलको सचिवालयले जनाएको छ ।














