लुम्बिनी। लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १:०० बजे बस्ने प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको यस नीति तथा कार्यक्रममा मुख्य रूपमा प्रदेशको समग्र विकास र सुशासनलाई जोड दिने तयारी गरेको छ।














