इरानसँगको सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका क्रममा आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन् ।

सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताइसकेका ट्रम्पले अहिले फेरि अझै धेरै विषयमा सहमति बाँकी रहेको संकेत गरेका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानसँग औपचारिक सम्झौता नभएसम्म हर्मुज जलडमरूमध्यमा इरानी जहाजमाथिको अमेरिकी नाकाबन्दी यथावत् रहने बताएका छन्।

प्रकाशित मिति : जेष्ठ ११, २०८३ सोमबार  ८ : २८ बजे