काठमाडौ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । सोमवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले धानबालीको न्यूनतम समर्थन मूल्य तोकेको हा ।
मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ तोकेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।
तेस्तै सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । तेस्तै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले बताए ।
त्यसैगरी नेपाल–चीन जोडने विद्युत प्रशारण लाईन आयोजना चिलिमे केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र पनि स्वीकृत गरिएको प्रवक्ता पोखरेलले बताए ।














