बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४, बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । त्यस्तै, १७ जनाको अवस्था सामान्य रहेको र १९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको भैरहवा सिटी अस्पताल र लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














