ऐन महरले भने- नयाँ संसद भवन सभाहलभन्दा फिल्म हलजस्तो भयो



काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले वर्तमान सरकारले अघिल्ला सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासहरू भत्काउने अभ्यास गरिरहेको टिप्पणी गरे ।

उनले भने, ‘धेरै ठूलो लगानीमा र धेरै समय लगाएर बनाएको यो भवन दिर्घकालीन महत्वको भवनलाई सही ढंगले सञ्चालन गर्ने, सही ढंगले व्यवस्थापन गर्नुपर्ने त्यो आवश्यकता छ । त्यो प्रतिनिधिसभाको हल हो । त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन् । त्यसका सिट फिल्म हलको जस्तो बनाइएको छ, टेबल कक्षाकोठाका जस्ता बनाइएका छन् । त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ ।’

उनले संसद भवनको संरचना सभाहलभन्दा बढी फिल्म हलजस्तो देखिएको टिप्पणी गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : जेष्ठ १३, २०८३ बुधबार  १२ : २४ बजे