काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताएकी छन् ।
बुधवार प्रतिनिधि सभाका सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हून् ।
मन्त्री चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारले हालै भारतसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरु गरिसकेको जानकारी पनि दिए ।
उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ५६२ मेट्रिकटन आपूर्ति भइसकेको छ भने ४ लाख ६३ हजार १०७ मेट्रिकटन मल किसानलाई बिक्री गरिएको छ । साथै, हाल १ लाख ४४ हजार ५८५ मेट्रिकटन मल मौजदात रहेको छ ।
‘चालु आर्थिक वर्षको असारसम्म कुल ६ लाख मेट्रिकटनको हाराहारीमा किसानलाई अनुदानमा मल उपलब्धन गराइनेछ, जुन अहिलेसम्मकै सबैभन्दा बढी परिमाण हुनेछ,’ मन्त्री चौधरीले मनिन् ।
साथै, धान रोपाइँको समयमा मलको अभाव नहोस् भनेर मन्त्रालयले विशेष ध्यान दिएको उनको भनाइ छ ।उनले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या आएको तथ्य पनि संसदमा स्मरण गराए । उनले सरकारले रसायनिक मलको सन्तुलित प्रयोग तथा जैविक तथा प्राङ्गारिक मलको प्रयोगमा जोड दिएको पनि स्पष्ट पारे ।














