काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीताकुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा करिव एक खर्ब रुपैयाँ बराबरको काठ विक्री गर्ने लक्ष्य लिइएको बताएकी छन् ।
सङ्घीय संसद्मा मन्त्रालयगत बजेट र नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले वन क्षेत्रको उचित व्यवस्थापनमार्फत मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै निर्यातको दिशामा अघि बढाउने योजना सार्वजनिक गरेकी हून् ।
‘आर्थिक वर्ष २०८३/८४ मा करिब १ खर्बको काठ बेच्ने लक्ष्य राखेको छु,’ उनले भनिन् ।














