सर्वोच्च अदालतले भन्यो- गोलाप्रथाको विकल्प सोचिएको छैन



काठमाडौं । सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन गर्ने प्रणालीमा कुनै पनि परिवर्तन वा पुनर्विचार गर्ने सोच नरहेको स्पष्ट पारेको छ ।

केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प खोजिन लागेको र यस प्रणालीलाई बदल्न लागिएको भन्दै भ्रामक समाचारहरू सार्वजनिक भएपछि सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

प्रवक्ता अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘‘दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल भएको छैन ।’

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कानुन व्यवसायीहरूले आन्दोलन थालेदेखि सर्वोच्च अदालतले गोला प्रणालीबाट न्यायाधीश छनौट गर्दैआएको छ । जसमा बिहान गोला तानेर न्यायाधीशहरूको इजलास छनौट गरिन्छ, भने त्यसपछि उनीहरूले हेर्नुपर्ने मुद्दाको सूची बाँडिन्छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०८३ बुधबार  ३ : २६ बजे