कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्षको पद रिक्त



काठमाडौं । कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्षको पद रिक्त भएको छ।

निर्वाचन आयोगले बिहीबार सूचना जारी गरी गुल्मीको मुसिकोट नगरपालिका(२ र धुर्कोट गाउँपालिका(३ को वडाध्यक्ष पद रिक्त भएको जानकारी दिएको छ।

मुसिकोट २ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट ३ का वडाध्यक्ष रवीन्द्र केसीको पद रिक्त भएको हो।

राजनीतिक दल सम्बन्धी ऐन र नियमावली अनुसार दल त्याग गरेको ब्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति : जेष्ठ १४, २०८३ बिहीबार  १२ : १९ बजे