काठमाडौँ । शुक्रबार(भोलि) सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुँदैछ ।
यसपटकको बजेट भाषण नयाँ हलबाट गर्ने तयारी सरकारले गरिरहेको थियो ।
अन्तत: प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए।
प्रतिनिधिसभा बैठक चलिरहेको काम चलाऊ हलबाट वाचन हुने देखिएको छ।














