उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच एकता



काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच औपचारिक रूपमा एकता भएको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले एक कार्यक्रमका बीच दुई पार्टीबिच एकताको सहमति भएको घोषणा गरेका हून् ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गरे ।

घिसिङले भने,’उज्यालो नेपाल पार्टी अब साँच्चिकै विकल्पको रूपमा स्थापित हुनेछ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पार्टीको सशक्त प्रतिनिधित्व हुनेछ र त्यसपछिको निर्वाचनमा देशको नेतृत्व गर्ने गरी हामी अगाडि बढेका छौँ,।

उनले उज्यालो नेपाल पार्टीलाई देशको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विभिन्न दलहरूसँग एकता प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

प्रकाशित मिति : जेष्ठ १५, २०८३ शुक्रबार  १ : ०४ बजे