काठमाडौं । राष्ट्रिसभा बैठक आज (आइतबार) बस्ने भएको छ ।
बैठक बिहान ११:१५ बजे बस्ने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस’, भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।














