३५ वर्षमा समाधान नभएको सुकुमवासी समस्या ३५ मिनेटमा हुँदैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका सुकुमवासी समस्या तत्कालै समाधान हुने विषय नभएको भन्दै व्यवस्थित र दीर्घकालीन कार्यान्वयन आवश्यक रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले लामो समयदेखि समाधान हुन नसकेको सुकुमवासी समस्या एकैछिनमा समाधान हुने अपेक्षा गर्नु व्यावहारिक नहुने स्पष्ट पारे।

उनले ३५ वर्षमा समाधान नभएको समस्या ३५ मिनेटमा हुँदैन भन्दै हतारमा भन्दा योजनाबद्ध रूपमा अघि बढेर मात्रै वास्तविक समाधान सम्भव हुने धारणा राखे।

प्रधानमन्त्री शाहले भने, ‘अस्ति अर्थमन्त्रीज्यूले पनि यही आर्थिक वर्षभित्र काम गर्छौं भन्नुभएको छ । जति समय लाग्छ, त्यो लाग्छ । हतार गरेर हुँदैन । ३५ वर्षमा नभएको चिज ३५ मिनेटमै नखोजौं । केही समय लाग्छ ।’

प्रकाशित मिति : जेष्ठ १७, २०८३ आईतबार  २ : २१ बजे