काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको बताएका छन् ।
आईतवार सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हून् ।
उनले यसबारेमा आफूले पनि प्रधानमन्त्री बनेपछि मात्रै जानकारी पाएको र यसबारे नेपाल र भारतबीच वार्तामार्फत समस्या समाधान गरिने बताए ।
‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले भने, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’














