काठमाडौं । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको छलफल सुरु भएको छ ।
छलफलमा कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी छन्।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आइतबार (जेठ १७) संसद् बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिप्रति विपक्षीले आपत्ति जनाएका थिए । सोही विषयमा यस दिन प्रतिनिधिसभा बैठकअघि साझा धारणा बनाउन विपक्षी दल जुटेका हुन् ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ ।














