काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न चुनौती दिए।
उनले भने, ‘चिया पसलको गफ र संसद्को अभिव्यक्ति बीच फरक हुन्छ। सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ। प्रधानमन्त्री ज्युले जब कुनै दाबी गर्नुहुन्छ, त्यसलाई देशले सरकारी धारणा ठान्छ। अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ। र जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन्। त्यसैले प्रधानमन्त्रीका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्छ।’
। उनले भारतको सीमा मिचेको दाबीको आधार संसदमा पेश गर्न प्रधानमन्त्रीसंग माग गरे । प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्र भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्ने उनको भनाई छ ।














