काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले जेठ १९ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् ।
दोस्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख अर्यालले कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
तर विपक्षी दलले निरन्तर उठेर विरोध जनाएपछि सभामुख अर्यालले मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।














