काठमाडौं । प्रतिनिधि सभाको आईतवारको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ ।
सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदमा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए ।
उनकाअनुसार जाँचबुझ समितिमा सभाको व्यवस्थापन शाखा प्रमुख र प्रविधि शाखा प्रमुख समेत सदस्य रहेका छन् ।
समितिलाई ७ दिनभित्र प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको उनले बताए ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गरेका थिए ।














