काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी खोजेका छन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ४ को व्यवस्थालाई स्मरण गराउँदै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको हाजिरी पारदर्शी हुनुपर्ने माग गरेका हुन्।
उक्त नियम अनुसार संसद्को बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा अनिवार्य रूपमा उपस्थिति जनाउनु पर्ने कानुनी व्यवस्था छ। संसद् सचिवालयले यस्तो उपस्थितिको जानकारी विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्ने व्यवस्था समेत नियमावलीमा उल्लेख छ।
‘प्रधानमन्त्री ज्यू यहाँ आउँदाखेरि आजिर गर्नुभएको छ कि छैन ?’ साम्पाङले भने, ‘यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ ।’














