रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता



काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको छ।

भारत भ्रमणका क्रममा सभापति लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सभापति लामिछानेसँग भेटवार्ता भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ २०, २०८३ बुधबार  २ : २५ बजे