कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै



काठमाडौं, जेठ २१ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज ‘बिहीबार’ बस्ने भएको छ ।

बैठक दिउँसो १:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन ललितपुरमा बस्ने भएको हो ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने भएकाले समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०८३ बिहीबार  ७ : ३७ बजे