काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्।
भारतीय परराष्ट्रमन्त्री एस. जयशंकर को निमन्त्रणामा उनी नयाँदिल्ली भ्रमणमा गएका हुन्।
भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ।














