सुधन गुरुङमाथिको छानबिन समितिले बुझायो प्रतिवेदन



काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन समितिले प्रतिवेदन बुझाएको छ।

शुक्रबार प्रधानमन्त्री समक्ष ४५ पृष्ठको प्रतिवेदन बुझाएको समिति अध्यक्ष अच्युतप्रसाद भण्डारीले बताए।

समितिलाई पाँच दिन थपिएको म्याद आइतबार सकिने भए पनि त्यसअघिनै प्रतिवेदन बुझाइएको हो।

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति : जेष्ठ २२, २०८३ शुक्रबार  ३ : १२ बजे