सीमा समस्या कुटनीतिक संवादमार्फत हल गर्न भारत तयार छ : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कुटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन् ।

शुक्रवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएकाहुन् ।

उनले सीमा समस्या समाधान ढोल बजाएजसरी हल्ला गरेर समाधान नहुने भन्दै उपयुक्त समय र प्रक्रियाअनुसार अघि बढाइने दाबि गरे ।

लामिछानेले उपयुक्त समयमा कुटनीतिक संवादमार्फत हल गर्ने कुरामा भारत समेत तयार रहेको बताए ।

प्रकाशित मिति : जेष्ठ २२, २०८३ शुक्रबार  ७ : ३० बजे