काठमाडौँ –
उसुको थाउलोमा नेपालले २ स्वर्ण पदक जितेको छ ।
लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भएको उसु थाउलोमा मंगलबार बिहानै नेपाली खेलाडी विजय सिञ्जाली र सुस्मिता तामाङ्ले एक-एक स्वर्ण पदक जितेका हुन् ।
यो सँगै नेपालले १७ स्वर्णपदक जितेको छ ।
आज थाउलो तथा सान्सो विधामा एकै दिन प्रतिस्पर्धा भएको हो ।
१३औँ सागको खेल अन्तर्गत आज नेपालले २२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेको छ ।










