काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक केही दिन पछिलाई सरको छ ।
यसअघि २८–२९ जेठमा बस्ने भनिएको बैठक ५–६ असारमा बस्ने भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालय सम्बन्धि प्रतिवेदनहरू पेस हुने उनले बताए ।














