२० दिनपछि इजलासमा फर्किइन् सपना प्रधान मल्ल



काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदापछि सोमबारदेखि पुनः इजलासमा फर्किएकी छन्।

उनी आजदेखि नियमित न्यायिक जिम्मेवारीमा सहभागी हुँदै विभिन्न मुद्दाको सुनुवाइमा संलग्न भएकी हुन्।

गत जेठ ५ गते नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुअघि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेकी मल्लले आफ्नै बिदा स्वीकृत गरी अवकाश लिएकी थिइन्।

सर्वोच्च अदालतको सोमबारको पेसी सूचीअनुसार मल्लको एकल इजलासमा सातवटा मुद्दा सुनुवाइका लागि तोकिएका छन्। त्यस्तै न्यायाधीश मेघराज पोखरेलसँगको संयुक्त इजलासमा १६६ वटा मुद्दा पेशीमा रहेका छन्।

प्रकाशित मिति : जेष्ठ २५, २०८३ सोमबार  ११ : १५ बजे