रास्वपाको प्रदेश अधिवेशन आजबाट, बागमतीको रवि लामिछानेले उद्घाटन गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ ।

आजबाट सुरु हुने प्रदेश अधिवेशन असार १ सम्म सम्पन्न हुने रास्वपाले जनाएको छ ।

वाग्मती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । वाग्मती प्रदेशको अधिवेशन काठमाडौंमा हुँदै छ ।

यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो ।असार ७ देखि ९ गतेसम्म रास्वपाको प्रथम महाधिवेशन चितवनमा हुनेछ ।

प्रकाशित मिति : जेष्ठ २६, २०८३ मंगलबार  ८ : ०० बजे