कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूले गरे संसदमा ५ मिनेट मौनधारण



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभा बैठकमा विभिन्न आन्दोलन तथा जेन–जी विद्रोहका शहीदहरूप्रति सम्मान व्यक्त गर्दै मौनधारण गरेका छन् ।

मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू आफ्नो स्थानबाट उठेर गत भदौमा भएको युवा विद्रोह र विभिन्न राजनीतिक आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मौनधारण गरेका हुन् ।

नेपाली कांग्रेसका सचेतक निश्कल राईले आफ्नो धारणा राख्ने क्रममास् ५ मिनेट कांग्रेस सांसदहरूलाई मौनधारण गर्न आह्वान गरेका थिए।

त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदहरूले उठेर मौनधारण गरेका छन्।

प्रकाशित मिति : जेष्ठ २६, २०८३ मंगलबार  १ : ४८ बजे