संसद्को गतिरोध अन्त्यका लागि विपक्षीसँगको छलफलमा रवि लामिछाने



काठमाडौँ । सङ्घीय संसद्मा जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलका शीर्ष नेताहरूसँग छलफल थालेका छन्।

सिंहदरबारस्थित संसद् भवनमा भइरहेको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली माओवादीका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली लगायत सहभागी छन्।

विपक्षी दलहरूले कांग्रेस संसदीय दलको कार्यालयमा बैठक गरिरहेका बेला लामिछानेले उनीहरूलाई छलफलका लागि आमन्त्रण गरेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि विपक्षीहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति : जेष्ठ २७, २०८३ बुधबार  १ : ०० बजे