काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा जुटेका छन् ।
रास्वपाले अघि सारेको प्रस्ताव र संसद् सञ्चालनसम्बन्धी विषयमा साझा धारणा बनाउन विपक्षी दलहरूबीच छुट्टै छलफल भइरहेको हो।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू सहभागी छन्। नेताहरूले सरकारको प्रस्तावप्रति संयुक्त धारणा बनाउनुपर्ने आवश्यकता औँल्याउँदै आन्तरिक समन्वयलाई तीव्र बनाएका छन्।
एक नेताका अनुसार, परराष्ट्रमन्त्रीलाई संसद्मा बोल्न दिने वा नदिने तथा सदन सञ्चालनमा सहमति गर्ने वा अवरोध जारी राख्ने विषयमा विपक्षी दलहरूको साझा निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ।














