खुट्टाको घाउ निको नबनाउने तर नयाँ जुत्ता किन्ने खालको बजेट आयो, उचित छैनः हर्कराज राई



काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको दाबी गरेका छन ।

सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त असन्तुष्टि व्यक्त गरेका हून् ।

अध्यक्ष राईले मुलुकको समस्यालाई खुट्टाको घाउँसँग तुलना गर्दै सरकारले ल्याएको बजेटले खुट्टाको घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्ने खालको आएको भन्दै कटाक्ष गरे ।

उनले सरकारलाई बजेटले खुट्टाको घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्नेतिर ध्यान दिएको भन्दै आपत्ति जनाए। अध्यक्ष राईले पेट्रोलियम पदार्थको मूल्य नेपालमा विश्वकै महंगो हुँदा पनि त्यसलाई घटाउने कुरा बजेटमा उल्लेख नगरेकोमा आक्रोश व्यक्त गरे ।प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको दाबी गरे । सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त असन्तुष्टि व्यक्त गरे ।

अध्यक्ष राईले मुलुकको समस्यालाई खुट्टाको घाउँसँग तुलना गर्दै सरकारले ल्याएको बजेटले खुट्टाको घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्ने खालको आएको भन्दै कटाक्ष गरे ।

प्रकाशित मिति : जेष्ठ २८, २०८३ बिहीबार  १ : ५७ बजे