कांग्रेस फुटिसक्यो, अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ: डा. शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा .शशांक कोइरालाले पार्टी फुटिसकेको बताएका छन् ।

आइतबार विराटनगरमा आयोजित संस्थापन इतर पक्षको भेलामा बोल्दै कोइरालाले पार्टी दुई टुक्रा भएको भन्दै एक मात्र विकल्प एकता रहेको बताए ।

शाशांकले कोइराला निवास जाँदा आफ्नो आँखाबाट आँशु आएको बताए । ‘आज कोइराला निवास गएँ, आँखाबाट आँशु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो । अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन्, तर भोट गएन,’ उनले भने ।

शशांकले पार्टी एकताको नेतृत्व डा शेखर कोइरालाले गरिरहेको बताए ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८३ आईतबार  ४ : ३६ बजे