काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न मन्त्री लम्सालको निर्देशन



काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन् ।

आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न’ निर्देशन दिएका छन् ।

उनले भने, ‘यो बिजुलीको पोल सार्ने कन्ट्रयाक्टर धर्तीमा कहाँ छ ? खोजेर लिएर यहीँ राख्नुस्। काम गर्दैन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’

सडक निर्माणको जिम्मा पाएका ठेकेदार प्रतिनिधि र आयोजनाका अधिकारीहरुले नेपाल विद्युत् प्राधिकरणले ठेक्का दिएको ठेकेदार कम्पनीले बिजुलीका पोल सार्न ढिलाइ गर्दा काम गर्न गाह्रो भएको जानकारी गराएका थिए । त्यसपछि मन्त्री लम्सालले पनि ‘‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएका हुन् ।

प्रकाशित मिति : असार १, २०८३ सोमबार  २ : २७ बजे