सडक सुरक्षा र यातायात व्यवस्थापनमा सरकार गम्भीर भएनः सभापति गजुरेल



काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षा, यातायात व्यवस्थापनमा सरकार गम्भिर नभएको बताएका छन् ।

मंगलवार बसेको समितिको बैठकमा उनले सडक सुरक्षा, यातायात व्यवस्थापन जस्तो गम्भीर विषयमा सरकारले चासो नै नदिएको बताएका हून्।

नेपालमा दैनिक औसत सात जनाको सडक दुर्घटनामा मृत्यु हुने तथ्यांक रहेको उल्लेख गर्दै उनले सडक सुरक्षा अहिले राष्ट्रिय चिन्ताको विषय बनेको बताए ।

सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसदमा पेश हुन नसकेको भन्दै उनले सरकारको काम कारबाहीमाथी पनि प्रश्न गरे । यस्तै उनले सरकारले संसदीय समितिले दिएको निर्देशन पनि नमानेको बताए ।

प्रकाशित मिति : असार २, २०८३ मंगलबार  ३ : ०७ बजे